मन्त्री खरेलको आह्वान : सञ्चारमाध्यम निर्वाचनको माहोल सिर्जना गर्न अग्रसर बनून्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई उत्साहपूर्ण र विश्वासिलो बनाउने वातावरण निर्माणमा सञ्चारमाध्यमलाई अगाडि आउन आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको बताए ।

उनले भने, “राजनीतिक दलहरू सबै निर्वाचनप्रति प्रतिबद्ध छन्, अब सकारात्मक वातावरण निर्माणमा सञ्चारमाध्यमको सहयोग अपरिहार्य छ ।”
मन्त्री खरेलका अनुसार व्यवस्थापकीय तयारीमा सरकारले कुनै कमजोरी नछोड्नेछ । उनले ‘जेनजी आन्दोलन’को आधारमा बनेको वर्तमान सरकारप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको विश्वास र समर्थन रहेको पनि उल्लेख गरे ।

छलफलका सहभागी सञ्चारकर्मीहरूले निर्वाचनमार्फत देशमा संस्थागत प्रणाली र स्थायित्व स्थापित गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने सुझाव दिए । उनीहरूले राजनीतिक दलहरूसँग निरन्तर संवाद र सरकारी सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *