झलनाथ खनाल र बामदेव गौतमबीच पार्टी निर्माण र संगठन विस्तारबारे सकारात्मक भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता बामदेव गौतमबीच पार्टी निर्माण र संगठन विस्तारबारे हार्दिक र सकारात्मक भेटवार्ता भएको छ।

खनाल निवासमा भएको भेटमा दुबै नेताले नेकपा (एकीकृत समाजवादी) को सुदृढीकरण, संगठन विस्तार र आगामी दिनमा पार्टीलाई जनतासम्म अझ प्रभावकारी रूपमा पुर्‍याउने उपायबारे गहन छलफल भएको थियो ।

भेटमा नेता खनालले पार्टी निर्माणका क्रममा विगतका अनुभवहरू, जनताबीचको पार्टीको आधार मजबुत बनाउन अपनाइने रणनीति, र संगठनात्मक एकताबारे आफ्नो विचार साझा गर्नुभएको थियो। वरिष्ठ नेता गौतमले पनि आफ्नो राजनीतिक अनुभव र सल्लाह प्रस्तुत गर्दै पार्टीलाई समृद्ध र सुदृढ बनाउन सबै तहमा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

दुबै नेताबीचको भेटलाई सहभागीहरूले अत्यन्तै मित्रतापूर्ण र रचनात्मक भएको बताउनुभएको छ । बैठकमा नेताहरूले आगामी दिनमा एकताबद्ध भएर पार्टीका नीति, सिद्धान्त र जनतामुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *