सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउने प्रचण्डको संकल्प

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै छरिएका कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा एकत्रित गर्ने आफ्नो संकल्प व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभामा प्रचण्डले १६ वटा कम्युनिस्ट घटकहरू पहिलै एकजुट भइसकेको उल्लेख गर्दै, यो प्रक्रिया अझै व्यापक बनाउने दाबी गरे। उनले सहमति, सहकार्य र एकताको आधारमा मात्रै समाजवादको यात्रा सफल हुने बताए र यस ऐतिहासिक अभियानको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए।

सभामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार गरे। उनी भने, आफूलाई कम्युनिस्ट भन्नेहरूले आफ्नो स्वार्थ र प्रतिशोधका लागि छलकपट गरिरहेको आरोप लगाउँदै, यस्ता जालझेलविरुद्ध इमानदार कम्युनिस्टहरूले एकै ठाउँमा उभिनु अपरिहार्य रहेको बताए।

उनले युवापुस्ताको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतामा समेत जोड दिए। नयाँ पुस्ताको चाहना र भावनालाई समेटेर मात्र समाजवादको लक्ष्य प्राप्त गर्न सकिने उनको विश्वास छ। प्रचण्डले भने, युवाहरूको मुद्दा अगाडि बढाउँदा पार्टीको प्रभाव नयाँ पुस्तामा पनि बढ्दै गएको छ र अब कसैले समाजवादको यात्रालाई रोक्न सक्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *