नेकपा ‘एस’को सचिवालय बैठक आजपनि : सम्मानित नेता र महासचिवले धारणा राख्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले आआफ्ना धारणा राखिसकेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । आज सम्मानित नेता खनाल र महासचिव भुसालले धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपालले बैठक समाापन गर्ने तयारी छ ।

बैठकमा अध्यक्षमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको सो पार्टीले निष्कर्ष निकालेको छ । साथै भ्रष्टाचार मुद्दा दायर भएपछि अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको अवस्थामा दलको बैठक बसेर दलको नेता परिवर्तन गर्ने तर अध्यक्षको जिम्मेवारी अरू कसैलाई दिइरहनु नपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *