मधेसबाट सुरु भएको नयाँ राजनीतिक समीकरण अब अन्य प्रदेशमा पनि फैलिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरण अब अन्य प्रदेशहरूमा पनि विस्तार हुने बताएका छन्।

मधेस प्रदेशमा नेपाली कम्युनिस्ट धारामा रहेका दलहरू, मधेशवादी दलहरू तथा नेपाली कांग्रेसको गठबन्धनबाट कांग्रेसका श्रीकृष्ण यादव मुख्यमन्त्री नियुक्त भएपछि त्यहाँ एमाले नेतृत्वको सरकार बदलिएको छ। एमालेका सरोज यादवले राजीनामा दिएसँगै मधेसमा नयाँ सत्ता समीकरण स्थापित भएको हो।

शनिबार मधेस प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रचण्डले परम्परागत धारणालाई तोडेर मधेसले देखाएको साहसी कदम अब अन्य प्रदेशमा पनि दोहोरिने दाबी गरे।
उनका अनुसार, “मधेसले परम्परागत तथा तथाकथित समीकरणको पछाडि नलागी नयाँ शक्ति साझेदारीको अभ्यास सुरु गरेको छ। नयाँ राजनीतिक समीकरणको यात्रा मधेसबाट प्रारम्भ भएको हो,” उनले भने।

प्रचण्डले मधेसमा देखिएको परिवर्तनप्रति सकारात्मक संकेत गर्दै त्यसले देशभर नयाँ राजनीतिक पुनर्संरचनाको प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरे।
उनले थपे, “नयाँ समीकरण र नयाँ परिवर्तनको प्रक्रिया अब देशका बाँकी प्रदेशतर्फ पनि विस्तार हुँदै जानेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *