देश बनाउन बाँकी छ, भाग्ने प्रश्नै उठ्दैन: केपी शर्मा ओली

भक्तपुर।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कठिन घडीमा छाडेर कहिल्यै नभाग्ने दृढता व्यक्त गरेका छन्।

शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ नेपालद्वारा बडादसैँको अवसरमा आयोजित खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारको पासपोर्ट रोक्का गर्ने चर्चाबारे प्रष्ट प्रतिक्रिया जनाउँदै भने, “हाम्रो पासपोर्ट रोक्का गर्ने कुरा आयो रे। के लाग्छ, हामी यी ‘हा–हुँ’ गर्नेहरूलाई देश छाडेर भाग्छौँ होला? देश बनाउने काम बाँकी छ, भाग्ने कुरा उठ्दैन।”

ओलीले चुनौती र कठिनाइ जति आए पनि देशको जिम्मेवारीबाट पछि नहट्ने बताउँदै युवापुस्तालाई राष्ट्र निर्माणमा आह्वान गरे। कार्यक्रममा एमालेका स्थानीय नेता र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *