अभियन्ता सुमन सायमि नेकपामा प्रवेश गर्दै

काठमाडौँ । अभियन्ता सुमन सायमि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमिलाई नेकपाले बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराउने जनाएको छ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका सायमि हालै मात्र सो पार्टीबाट काठमाडौँ–८ का लागि प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस भएका थिए। तर, उनले अब आफ्नो राजनीतिक यात्रा नेकपाबाट अगाडि बढाउने निर्णय गरेका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका सायमिले १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

त्यसैगरी, पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–८ बाट उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए।

गुठी आन्दोलनका प्रमुख अभियन्ताका रूपमा परिचित सायमि सामाजिक तथा सांस्कृतिक मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन्। उनीसँगै केही अन्य नेता तथा युवाहरू पनि भोलि नेकपामा प्रवेश गर्ने पार्टीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *