आन्दोलनमा भएको सम्पूर्ण घटनाप्रति एकीकृत समाजवादी दुःखी छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत भदौ २३ र २४ गते भएको जेन–जी युवापुस्ताको आन्दोलनमा भएका सम्पूर्ण घटनाप्रति आफू र आफ्नो पार्टी दुःखी भएको बताएका छन् ।

अध्यक्ष नेपालले बुधबार एक शोक वक्तव्य जारी गर्दै उक्त घटनामा ज्यान गुमाएका सम्पूर्ण नेपाली युवाहरुप्रति संिगो पार्टी दुःखी भएको र सार्वजनिक तथा निजी संरचनामा आगजनी र तोडफोड गर्नेलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।

साथै, अध्यक्ष नेपालले उक्त आन्दोलनकामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । उनले आन्दोलनका मागहरुप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको कुरालाई स्मरण गरेका छन् ।

युवाहरुको उक्त जायज मागहरुलाई समयमा सम्बोधन गर्नुको सट्टा तात्कालिन सत्ताधारीहरुले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनाहार युवाहरुले शाहदत प्राप्त गर्नुपरेको र मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपरेको शोक वक्तव्यमा अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *