काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।
सरकारका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखा उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।
त्यस्तै गण्डकी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दै छ ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।