जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शनिबार राजधानीका सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्रीले उपचाररत घाइतेहरूको अवस्था बुझ्दै चिकित्सकसँग परामर्श गरेकी थिइन्। साथै, उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई आग्रह गरेकी छन्।

‘जेनजी’ आन्दोलनका क्रममा देशभर हालसम्म ५१ जनाको ज्यान गइसकेको छ भने १७ सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये अहिले पनि २५० भन्दा बढी घाइते विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *