पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशले थुनामा

काठमाडौं । घुस आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशअनुसार थुनामा राखिएका छन्।

बुधबार विशेष अदालतमा उनका लागि थुनछेक बहसपछि अदालतले उनलाई थुनामा राख्ने निर्णय गर्दै मुद्दा अघि बढाउने निर्णय गरेको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको जनाएको छ।

अदालतले आदेशको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *