काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बालुवाटारमा करिब डेढ घन्टा कुराकानी भएको छ।
दुई नेताबीच तिक्तता बढेको अड्कलबाजी भइरहेका बेला मंगलबार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्।
करिब ७ बजे बालुवाटार प्रवेश गरेकी भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घन्टा समसामयिक राजनीति र अन्य विषयमा कुराकानी भएको बालुवाटार स्रोतको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणलगत्तै नेपालका पूर्वी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन्।
भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला उनको राजनीतिक भेटघाटबाट त्रसित प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै यस्ता गतिविधिको आलोचना गर्ने गरेका छन्।