काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् ।
शनिबार साँझ (आज) संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको उनले बताए । असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरू हुने उनले बताए। असार १५ गते उनी स्पेन पुग्नेछन् । भ्रमण टोलीमा २१ जना सहभागी हुने उनले बताए ।
भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले बताए । स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।