यो विचारको आगो हो बुझ्दैन — कम्युनिस्ट एकताको ज्वाला अनन्त छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट एकता विग्रिन चाहने कुनै पनि शक्ति सफल नहुने दाबी गरेका छन् । उनले आफू सधैं वामपन्थी एकताको पक्षमा रहेको स्पष्ट गर्दै भने, “कम्युनिस्ट पार्टी फुटोस् भन्ने हाम्रो कहिल्यै मनसाय रहेन, बरु साँचो अर्थमा वाम एकता हामी चाहन्छौं ।”

राजधानीमा आयोजित नेपाली कम्युनिस्टहरूको एकता घोषणा सभा लाई सम्बोधन गर्दै खनालले पार्टीभित्र ‘केही बाह्य तत्त्व’ प्रवेश गरेकाले विगतमा एकता भङ्ग भएको बताए । उनका अनुसार, ती अनावश्यक तत्वहरूलाई अब राजनीतिक रूपमा फालेर नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ ।

खनालले भने, “कम्युनिस्ट एकताको ज्वाला कसैले निभाउन सक्दैन, यो विचारको ज्वाला हो — जनताको चाहनाको ज्वाला हो ।”

उनले सभामा उपस्थित हुनु अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य भेटवार्ता भएको खुलासा पनि गरे । “मैले कमरेड प्रचण्डसँग केही कुरा राखेँ, उहाँले ती सबै विषय मिलाउने लिखित प्रतिबद्धता दिनुभयो, त्यसैले म यहाँ आएको हुँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *