राष्ट्रपति पौडेलद्वारा संवैधानिक आयोगका दुई पदाधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ । संवैधानिक परिषद् मार्फत नियुक्त दुई संवैधानिक आयोगका पदाधिकारीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले पदत्याग गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार ढुंगेलको राजीनामा नेपालको संविधानको धारा २४८ को उपधारा ५ (क) बमोजिम भदौ २९ गतेदेखि लागू हुने र गुप्ताको राजीनामा मधेसी आयोग ऐन, २०७४ को दफा ४ (क) अनुसार आइतबारदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।

उनीहरू दुवैजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा आयोगका सदस्य नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *