विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व दिन सकिँदैन : ओली

काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोप्रति प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट व्यक्त गरेका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ कार्यक्रममा बोल्दै भण्डारी आफूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको र भण्डारबारे पार्टीले छिट्टै निर्णय लिने बताए ।

उनले भनेका छन्- ‘‘विद्याजीको हकमा कहाँ कहाँ परामर्श गर्नुभयो ? कतै त गर्नुभयो होला । तर, मसँचाहिँ परामर्श भएन । पार्टीको अध्यक्ष म छु, अध्यक्षता गरिरहेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु , कसरी काम गरौं, मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउन मिल्छ मिल्दैन । आउँ नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन ’

उनले राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा कुनै विषयमा विचार विमर्श नभएको समेत बताएका छन् । उनले भनेका छन्– ‘संवैधानिक प्रक्रिया कस्तो हुन्छ ? अथवा प्रणालीगत अवस्था कस्तो हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगो देशको सर्वमान्यबाट दल विशेषमा आउँदा यी कुनै विषयमा विचार विमर्श अन्तर्राष्ट्रिय अभ्यास के छ ? ती कुरामा विचार विमर्श गरौं भनेर भएन ।’

एकातिर राजावादी उफ्रिने अर्कोतिर आफ्नै दलले निर्णय गरेर पठाएको व्यक्तिले हठात् राजनीतिमा सक्रिय हुन खोजेको भन्दै ओलीले उचित निर्णय लिने बताए । सम्मानित व्यक्तिले प्रश्न उठाउने काम गरेको भन्दै ओलीले छिट्टै विद्याबारे निर्णय लिने बताए ।

उनले भनेका छन् ‘‘निर्णय त गर्नैपर्छ । प्रश्न उठाएपछि आएपछि निर्णय गर्छौँ । उहाँ राजनीतिमा आउने कुराले गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा, उहाँकै जीवनमा के असर पर्छ ? उहाँलाई दिनुपर्ने सुझाव र निर्णय पार्टीले गर्छ । हेर्छौँ, सल्लाह गर्छौँ । उहाँले आफैँले विचार गर्नुपर्छ, हामीले पनि जानकारी प्राप्त गरेका छौँ । सार्वजनिक रूपमा बोलेका कुरा के हुन् ? उहाँसँग सोध्नुपर्छ । धेरै ढिलो नगरी निर्णय गर्छौँ ।’

अघिल्लो राष्ट्रपति डा. रामवरण यादवले थिति बसाए पनि विद्याले त्यस्तो नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भेने ‘‘अघिल्लो राष्ट्रपतिजी रामवरणले यो थिति बसाएको देखिन्छ । नैतिक मूल्यमा आधारित भएर थिति बसाउनु भयो, विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *