पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा उधौली, धान्यपूर्णिमा, यःमरि पुन्हि र ज्यापु दिवसका अवसरमा शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले उधौली पर्व, धान्यपूर्णिमा, यःमरि पुन्हि र ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

विविधताले भरिएको नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै नेता खनालले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्दै आएको नेपाली समाजलाई यस्ता पर्वहरूले अझ समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार विभिन्न समुदायले मनाउँदै आएका यस्ता पर्वहरूले नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, हार्दिकता, सम्मान र बन्धुत्व अभिव्यक्त गर्दै राष्ट्रिय एकताको भावना बलियो बनाउने छन् ।

नेता खनालले उधौली, धान्यपूर्णिमा, यःमरि पुन्हि र ज्यापु दिवसले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भातृत्व र एकतामा थप अभिवृद्धि गर्दै सबैलाई समाजवाद उन्मुख समाज निर्माणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

महत्वपूर्ण पर्वहरूको सन्दर्भमा विश्वभर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *