जनकपुरधाम। मधेश प्रदेश सरकारले मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व मोहम्मद जयन्तीको अवसरमा शुक्रबार (भदौ २०) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रदेशभर सार्वजनिक विदा हुने जानकारी दिएको हो। सूचनामा भनिएको छ, “मधेश प्रदेश सरकारद्वारा २०८१ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालको थप विदासम्बन्धी सूचनाअनुसार, भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय भएको हो।”
यसअघि नै प्रदेश सरकारले वार्षिक सार्वजनिक बिदा सूची प्रकाशित गरिसके पनि विशेष धार्मिक र सांस्कृतिक अवसरमा अतिरिक्त विदा दिने व्यवस्था रहेको छ। यसैअन्तर्गत मोहम्मद जयन्तीलाई सार्वजनिक विदा दिने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।