समुन्नत नेपाल निर्माणमा सबैको योगदान आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समुन्नत राष्ट्र निर्माणका लागि सबै नेपालीले आफ्नो–आफ्नो क्षेत्रमा योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।

बडा दसैँका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधता, सहयोग र सद्भावकै आधारमा सामाजिक एकता मजबुत बनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले नेपाली समाजका सबै जाति, संस्कृति र परम्पराको संरक्षणले मात्र आपसी सहकार्य र सामाजिक सद्भाव बढ्ने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सबै पक्षसँग सहयोगको आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *