काठमाडौं । सरकारले लोकप्रिय मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँच रोक्न निर्देशन जारी गरेको हो ।
The current image has no alternative text. The file name is: teligram.gif
अनलाइन ठगी, मनी लान्ड्रिङजस्ता गम्भीर अपराधमा टेलिग्रामको दुरुपयोग बढेको निष्कर्ष निकाल्दै प्राधिकरणले यो कदम चालेको हो ।
‘नेपालमा टेलिग्राममार्फत अनलाइन ठगीका घटना निरन्तर बढिरहेको र मनी लान्ड्रिङजस्ता गम्भीर अपराधमा यसको संलग्नता पाइएकाले तत्काल टेलिग्राम एप बन्द गर्न सम्बन्धित सबै सेवा प्रदायकहरूलाई यो सूचनामार्फत निर्देश गरिएको छ,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।