१२ वर्षपछि आज स्कटल्याण्डसँग टी-२० खेल्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल बेलुका पौने ८ बजेदेखि स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा सुरु हुने छ ।

नेपाल र स्कटल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *