काठमाडौँ । धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाले यसका लागि नेपाल हक्की संघलाई आवश्यक जग्गा उपलब्ध गराउने सम्झौता भएको हो।
बिहीबार सम्पन्न सम्झौतामा नेपाल हक्की संघकी महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यन्जुले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार, धुलिखेल–१२ मा करिब २०० रोपनी जग्गा ४० वर्षका लागि उपलब्ध गराइनेछ।
महासचिव श्रेष्ठका अनुसार, उक्त जग्गामा हक्कीको अन्तर्राष्ट्रिय रंगशाला, होस्टेलसहितको एकेडेमी तथा प्रशिक्षण स्थल निर्माण गरिनेछ। रंगशालामा करिब एक हजार दर्शक अट्ने प्यारापिट पनि रहनेछ।