प्रधानमन्त्रीद्वारा भक्तपुरको सूर्यविनायकमा ५० हजार क्षमताको रङ्गशाला निर्माणको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेशनल प्रिमियर लिग (एनपिएल) आयोजनाको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भएको ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन समारोहमा बोल्दै उनले टिमवर्कका साथ एनपिएलको दोस्रो संस्करणको तयारी अगाडि बढाउन र खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको महत्त्वपूर्ण क्षेत्र बन्दै गएको बताए । हालैको स्पेन भ्रमणमा रियल म्याड्रिडको स्टेडियम अवलोकन गरेको स्मरण गर्दै उनले दशरथ रंगशालाको दर्शक क्षमता अपर्याप्त भएको उल्लेख गरे । उनले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने आधुनिक रङ्गशाला निर्माण गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा नसार्न राखेपलाई निर्देशन दिए । मिति सरेमा यो राष्ट्रिय लज्जाको विषय हुने भन्दै उनले आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगिता आयोजना गर्न जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *