अमेरिकाले बढायो भिसा आवेदन शुल्क

काठमाडौं । अमेरिकाले भिसा आवेदन शुल्क बढाएको छ । अमेरिकाले भिसाको आवेदन शुल्क जुन १७  देखि लागू हुने गरी बढाएको हो । 

गैरआप्रवासी भिसा आवेदन शुल्क १६० डलर थियो । त्यो भिसा आवेदन शुल्क १८५ डलर कायम गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पेटिसनमा आधारित भिसा शुल्क १९० डलरबाट वृद्धि भई २०५  कायम हुनेछन् । ई भिसा आवेदन शुल्क २०५ डलरबाट ३१५ डलर पुर्याइएको छ । 

भिसा शुल्क सेवाको लागत सम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *