चिनियाँ उपसभामुख काठमाडौंमा, आज रात्रिभोज

काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) सियाओ जी काठमाडौं आइपुग्नुभएको छ । उहाँ चार दिने नेपाल भ्रमणसँगै सगरमाथा संवादमा सहभागी हुन गएराति आउनुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगरलगायतसँग भेट गर्ने कार्यक्रम छ । उपसभामुख रानाले आज साँझ उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ ।

१५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आउनुभएका उपसभामुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही,नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेपालका लागि चीनका राजदूत छन सोङ,संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *