काठमाडौं । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्सटन पिटर्स नेपाल आउने भएका छ । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी जेठ १४ गते काठमाडौं आउन लागेका हुन् । श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आउन लागेका हुन्। नेपालको भ्रमण सकेर उनी भारत यात्रामा जानेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।