राष्ट्रसंघीय मानवअधिकार परिषदबाट बाहिरियो इजरायल

जेरुसेलम । इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन् ।

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्, ‘मानव अधिकार परिषदमा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।’

सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ । ‘सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ’ उनले भने ।

इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग नलिने उल्लेख गरेको छ ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *