नवनियुक्त गभर्नरको पहिलो निर्णय: ५ सय र हजारका नयाँ नोट छाप्ने

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका पौडेलले बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

उनले कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । आजै प्रधानन्यायाधीशसमक्ष शपथ लिएर कार्यभार सुरु गरेका उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सो क्रममा मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय हुने बताउँदै उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले सघाउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *