किसानका पीडा : पानी भन्दा सस्तो मूल्यमा तरकारी बेच्न बाध्य

जानु पाण्डे

कपिलवस्तु । बिहान सबेरै थाकेका आँखामा सपना सजाउँदै कपिलवस्तु बुद्धभूमि नगरपालिकाका कृषक बृज मोहन केवट एक पिक अप तरकारी राखेर हाट बजार तर्फ लाग्नु भयो । भिण्डी, टमाटर, काँक्रो, बन्दा, लौका र बोडीले गाडी भरिएको थियो । हाट बजार पुगे पछि उहाँको सपना भने चकना चुर भयो । बजारमा तरकारीलाई १० रुपैयाँ किलोको भाउमा समेत बेच्न मुस्किल थियो ।

कृषक निर्मल तेली भन्नु हुन्छ, ‘ सस्तो मूल्यमा तरकारी बेच्नु परेको छ ।, बन्दा ५ रुपैयाँ केजी, काँक्रा, बोडी, भिण्डी, लौका प्रति केजी १० देखी १५ रुपैयाँ, टमाटर, सानो करेला, घिरौँला, भान्टा २० रुपैयाँ किलो । यो भन्दा सस्तो त पानी पनि हुँदैन । यो सिजनको मेहनत यत्तिकै बग्यो । सस्तोमा बेच्दा पनी कसैले लिँदैन ।’

तर यता, अर्कै पक्ष चकित पार्ने खालको छ । किसानले तरकारी बोकेर सहरका गल्ली–गल्ली घुमिरहँदा धेरै ठुला व्यवसायी भने भारतबाट तरकारी आयात गरिरहेका छन् । “स्थानीय उत्पादन हेर्ने भन्दा भारतीय माल हेर्ने बानी व्यापारीमा बसेको छ । यहाँको उनीहरूले सीमा सम्म भारतीय तरकारी ल्याउने गर्छ । त्यस पछि मोटरसाइकल प्रयोग गरी चोर बाटो प्रयोग गरी तौलिहवा ल्याउँछन् । भारतबाट तरकारी आए पछि प्रतिस्पर्धा गर्न सकिँदैन अनि मूल्य घटाएर भए पनि बेच्नु पर्छ । राम घाट कृषि सहकारीका अध्यक्ष कृष्ण मोहन केवटले बताउनु हुन्छ ।

कपिलवस्तुमा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको छ । अनुदान, मौसम र प्रविधिको सदुपयोगले किसानले धेरै तरकारी उब्जाएका छन् । तर, उत्पादनसँगै उपभोग नबढ्दा र ठुलो बजार सम्म उत्पादनको पहुँच पुराउन नसक्दा किसान मर्कामा परेका छन् । उत्पादन बिक्री गर्ने मुख्य स्थल हाटबजार हो । खपत न्यून भए पछि अर्घाखाँची सम्म पुराउने गर्छन् । राम घाट नदी आसपासका क्षेत्रबाट दैनिक ३ देखी ५ पिक अप तरकारी उत्पादन भएको स्थानीय कृषकहरू बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *