क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोचविचार पछि आफू यस्तो निर्णयमा पुगेको बताए ।

‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् । आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको उनको भनाइ छ ।

उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *