काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । बैठक आज दिउँसो २ बजे प्रदेशसभा भवनमा बस्ने भएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने काार्यसूची रहेको छ ।
त्यस्तै केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा राख्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएका छ ।