नागढंगा-नौबिसे सडकखण्ड जेठ १० देखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने

काठमाडौं । नागढंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । यसअघि रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसो समेत बन्द गरेर काम गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सडक निर्माण आयोजनाको प्रस्तावअनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न गरिने भएको हो । धादिङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर यो निर्णय गरिएको उनले बताए ।

नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र कालोपत्र गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाका अनुसार प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।

सडक दिउँसो बन्द गरिने भएपछि विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *