काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । उपसमितिले व्यापक छलफलपछि आज उक्त प्रतिवेदन बुझाएको हो ।
समितिले गत २२ वैशाखमा उपसमितिलाई प्रतिवेदन तयार गर्न थप १० दिनको समय दिएको थियो । यसअघि, चैत ८ गते ३५ दिनको म्याद प्रदान गरिएको थियो । दुई चरणमा गरी उपसमितिले ४५ दिनसम्म छलफल गरेको छ ।
शिक्षक महासङ्घसँग असार १५ भित्र ऐन ल्याउने सहमति भएअनुसार समितिले उपसमिति गठन गरी विधेयकमाथि गहन छलफल गरेको हो । प्रतिवेदन पेस भएसँगै विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।