काठमाडौं । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।
विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।