आज थप आठ जनामा कोरोना पुष्टि, मृत्यु भने शुन्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमणको लामो सयपछि संक्रमितको संख्या १ अंकमा सिमित भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार १ हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टीजेन गरी २ हजार ६५५ जनाको परीक्षण गर्दा कुल आठ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा २१० जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *