काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र वामदेव गौतमकाबीच आज नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालयमा भेट वार्ता भयो । भेटमा वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो ।
आजको भेटमा उक्त दस्ताबेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष नेपालले कमरेड वामदेव गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गर्नुभयो । यो प्रस्तावलाई वामदेव गौतमले सकारात्मक रुपमा लिनु भयो र छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरको उपस्थिति थियो ।