काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस सगठनको प्रथम सम्मेलन जेठको तेस्रो साता हुने भएको छ ।
समाजवादी प्रेस सगठनले प्रथम राष्ट्रिय सम्मेलन आउँदो जेठ २६ र २७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजवादी प्रेस सगठनको बिहीबार बसेको सचिवालय बैठकले प्रथम राष्ट्रिय सम्मेलन सम्बन्धी निर्णय गरेको बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिनुभएको छ ।