काठमाडौं । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्लाको प्रथम जिल्ला अधिवेशन चैत्र ४ गते मेलम्चीमा हुने भएको छ । शनिबार सुकुटेमा बसेको जिल्ला कमिटी बैठकले आगामी चैत्र ४ गते जिल्ला अधिवेशनको तयारीमा जुट्न विभिन्न उपसमिति समेत गठन गरेको छ ।
वैठकले आगामी माघ मसान्तभित्र वडा सम्मेलन, भेला तथा प्रशिक्षण, फागुन १५ भित्र पालिका स्तरीय भेला र सम्मेलन प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै, फागुन २६ गते एकैदिन वडाबाट जिल्ला सम्मेलन प्रतिनिधि छनोट, फागुन २७ गते पालिकाबाट प्रतिनिधि छनोट, फागुन २८ गते प्रदेश निर्वाचन क्षेत्रीय कमिटीबाट र फागुन २९ गते संघीय निर्वाचन क्षेत्रीय कमिटीबाट प्रतिनिधि छनोट गरि सम्मेलनको पूर्ण तयारी गर्ने पनि जनाएको छ ।
त्यस्तै, विभिन्न उपसमिति समेत निर्माण गरि जिल्ला सम्मेलन सफल पार्नतर्फ केन्द्रित भएको अध्यक्ष पौडेलले बताउनुभएको हो । शनिबारको जिल्ला कमिटी बैठकमा पार्टीले थ्रेस होल्ड नकटाएको विषय, कार्यकर्तामा आएको उतारचढाव र पार्टीलाई सुदृढ बनाउन गनुपर्ने तयारीका विषयमा समेत छलफल भएको थियो ।