काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएर मात्रै चुनावी प्रचारमा जान पाउने भन्दै जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने स्पष्ट पार्नुभयो ।
अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको आयोगले निगरानी गर्ने उहाँको भनाई छ ।
आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।