काठमाडौं । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी हुनुभएको छ । कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नुभएको थियो। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो ।