आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ जनामा पीसीआर परीक्षण गर्दा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार २२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हाल ६२२ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *