आज मन्त्रीमण्डलको भागबण्डा टुंग्याउने तयारी

काठमाडौं । सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा हुन नसकेको मन्त्रिमण्डल बिस्तार सोमबारसम्म टुंगिने संकेत देखिएको छ ।  मन्त्रिमण्डल बिस्तार नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले १६ मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको छ । यसअघिको सत्ता साझेदार दल नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी र राष्टिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि ती पार्टीले समालेका सबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा परेको हो । 

१६ मन्त्रालय चलाउँदै आउनु भएका प्रधानमन्त्री दाहाल, राष्टपति र उपराष्टपति निर्वाचनपछि भने मन्त्रिमण्डल बिस्तारको लागि प्रयत्नशील हुनुभएको छ । तर सत्ता समर्थक १० दलबीच भागबण्डा नटुंगिँदा मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन ।

मन्त्रिमण्डल बिस्तारको लागि सत्ता समर्थक १० दलका नेतृत्वबीच विभिन्न पटक छलफल भएको छ । विभिनन चरणको बैठक तथा छलफलपछि भागबण्डा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । 

 मन्त्रिमण्डल विस्तारको लागि शनिबार माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको  थियो ।  पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा  बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

गृहकार्यका कारण केही दिन मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *