आज शेयर बजार २.७१ अंकले घटेर १८८८ को विन्दुमा कायम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज बजार २.७१ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ७५ करोड १३ लाख ३० हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २७० कम्पनीको २२ लाख ६० हजार ८६० कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ९ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा पिपुल्स पावर कम्पनीको सेयर मूल्य ८.११ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल प्रगति फण्डको ७.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।  नबील इक्विटी फण्डको ३.५६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *