आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुन र चाँदीकै मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो पनि उक्त सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *