आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता हो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता रहेकाे टिप्पणी गर्नु भएकाे छ ।

बुधबार साँझ फेसबुकबाट थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताउनुभयाे ।

थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको टिप्पणी गर्नुभयाे ।

इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाबारे बोल्दै महामन्त्री थापाले थापाले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्नुपर्ने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *