इन्धनको मूल्य घट्यो

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ । 

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ । 

हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *