ऊर्जा मन्त्रालय भन्छ : ‘देशमा लोडसेडिङ हुने हल्लामात्र‘

काठमाडौं । भारतले थप ६ सय मेगावाट विद्युत दिने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।

नेपालमा ६ सय मेगावाट विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपाल आउने भएको’ मन्त्रालयको सचिवालयले जनाएको छ ।

भारतसँग थप विद्युत सहयोग माग गरेअनुसार भारतले उर्जा उपलब्ध गराएको भएकाे हाे ।

यसअघि भारतले इण्डियन इनर्जी एक्सचेञ्जबाट एक हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो ।

ऊर्जा मन्त्रालयले देशमा लोडसेडिङ हुने हल्लामात्र भएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *