काठमाडौं। नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ। संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्वीप जारी गर्नुहुने भएको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।
कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष थियो। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा थियो। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो । तर अन्ततः काँग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।