किसान महासंघका महासचिव प्रमेश पोख्रेल प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडौं । नेकपा एकीकृत केन्द्रीय सदस्य तथा किसान महासंघमा महासचिव प्रमेश पोख्रेल प्रतिनिधिसभा सदस्य उम्मेद्वारको लागि सिफारिस हुनुभएको छ ।

शनिबार बसेको गुल्मी जिल्ला कमिटीको बैठकले नेता पोख्रेललाई सिफारिस गरेको हो । नेता पोख्रेल गुल्मी जिल्लाको इन्चार्ज समेत रहेका छन् ।

उक्त क्षेत्रमा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट चन्द्र प्रसाद भण्डारी र नेकपा माओवादी केन्द्रबाट प्रचण्ड सिफारिस भएका छन् । युवा तथा राजनीतिमा सक्रिय पोख्रेल टिकट पाए जनताको मन जित्नसक्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *