कोरोना संक्रमणका कारण चितवनमा ८ महिनापछि मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण चितवनमा ८ महिनापछि मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार कोरोना संक्रमणका कारण २०७९ साउनपछि अहिले २०८० वैशाखमा मानिसको मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

‘यसअघि २०७९ साउनमा मात्र कोरोना संक्रमणले मृत्यु भएको थियो’, जनस्वास्थ्य अधिकृत ढकालले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘त्यसयता कोरोनाले मृत्यु भएको यो पहिलो हो।’

कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो। त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *